गजुरीको आदर्श माध्यमिक बिधालयका शिक्षक न्यौपानेको पहलमा ट्र्याक सुट वितरण

  • हाम्रो दैनिक
  • / शिक्षा /
  • २०८१ माघ ६, आईतबार (२ दिन अघि)
  • १८६ पटक पढिएको

गजुरीको आदर्श माध्यमिक बिधालयका शिक्षक न्यौपानेको पहलमा ट्र्याक सुट वितरण

धादिङ, गजुरीको आदर्श माध्यमिक विद्यालयमा शिक्षक रवि प्रसाद न्यौपानेको पहलमा चौध जना विद्यार्थीलाई ट्र्याक सुट वितरण गरिएको छ।

आइतबार डुम्कोट, दोलखामा जन्मेर, खैरहनी नगरपालिका-३, चितवनमा स्थायी बसोबास गर्दै हुर्केका रामराज ओलीले यस बिधालयका चौध जना विद्यार्थीहरुलाई सहयोग स्वरुप आर्थिक विपन्न भएका विद्यार्थीहरुलाई ट्टयाक सुट वितरण गरिएको आदर्श माध्यमिक बिधालयका शिक्षक रवि प्रसाद न्यौपानेले बताउनुभयो।

विगत केही वर्षदेखि न्यूजील्याण्डमा रही विभिन्न सामाजिक संस्थाहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।उहाँले २०१७ देखि २०१९ सम्म गैरआवासीय नेपाली संघ न्यूजील्याण्डको महासचिवको रूपमा कुशलतापूर्वक जिम्मेवारी पूरा गर्नुभएको थियो।
हाल नेपाली रक्तदाता संघ न्यूजील्याण्डको अध्यक्ष र केन्द्रीय प्रवक्ता, साथै हिलारी तेनजिङ ट्रस्ट न्यूजील्याण्डको ट्रस्टीको रूपमा कार्यरत छन्।

उहाँले विभिन्न स्थानमा मोटिभेशनल र सार्वजनिक भाषणहरू दिएर धेरैको जीवनमा सकारात्मक प्रभाव पारेका छन्। उहाँले नेपालका विभिन्न विद्यालयहरूमा सहयोग गर्दै हाल सालै यसै गजुरीको छात्राबासका चेपाङ किशोरीहरुलाई उहाँका दाइ चेतराज ओलीले ट्र्याक सुट वितरण गरेका थिए।

यस महत्वपूर्ण सहयोगका लागि आदर्श माध्यमिक बिधालयका प्रधानाध्यापक सुरेश कुमार बस्नेतले रामराज ओलीप्रति बिधालय को तर्फबाट विशेष आभार प्रकट गर्दै उहाँलाई मुरीमुरी धन्यवाद दिएका छन्।

उहाँको योगदानले विद्यार्थीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुर्‍याएको छ र सामाजिक सेवाको महत्त्वलाई अझ सुदृढ बनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस