धादिङ। गल्छी गाउँपालिका वडा नम्बर ४ स्थित किराञ्चोक कार्किडाँडा माध्यमिक बिद्यालय स्थापना भएको १०० बर्ष पुगेको छ ।
स्थापना भएको एक सय बर्ष पुगेको खुसीयालीमा बिद्यालयले यहि माघ १९ देखि २१ गते सम्म विभिन्न कार्यक्रमको आयोजना गरि शताव्दी महोत्सव मनाउन लागिएको बिधालय परिवारले जनाएका छ्न्।
विद्यार्थी र शिक्षकहरूको नृत्य प्रस्तुति,बिधालय ब्यबस्थापन समिति ,पूर्व शिक्षक तथा विद्यार्थीहरूसँगको भेटघाट र सम्मान कार्यक्रमले विद्यालयसँग सम्बन्धित सबैलाई एकै ठाउँमा ल्याउने उद्देश्य राखेको छ। विद्यालयका संस्थापक, पूर्व प्रधानाध्यापक र समुदायका अग्रजहरूको योगदानको कदर गर्न विशेष सम्मान कार्यक्रम राखिएको छ।
स्थापनाको एक सय बर्ष पुगेको अवसरमा विविध कार्यक्रम सहित शताव्दी महोत्सवको अवसर पारेर गल्छी गाउँपालिका स्तरीय अन्तर मा.वि हाजिरी जवाफ प्रतियोगिता, खेलकुद, शिक्षक बिद्यार्थीहरुबाट नृत्यका साथै पूर्व शिक्षक, बिद्यार्थी, बिद्यालयका संस्थापकहरुलाई सम्मान कार्यक्रम गर्न लागिएको बिद्यालयका प्रधानाध्यापक पुरुषोत्तम अधिकारीले बताउनुभयो।
सोही विद्यालयमा अध्ययन गरेका दिपेन्द्रपुरुष ढकाल नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर रहेका थिए भने दामोदर पुरुष ढकाल पूर्व न्यायाधिश भएका थिए । त्यस्तै प्रा.डा. रामचन्द्र गौतम ,प्रा.डा. डिल्ली प्रसाद गौतम, पूर्व एसएसपी एवं साहित्यकार श्री पुरुष ढकाल, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जमकट्टेल, पूर्व प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम, पूर्व प्रजिअ शिवेन्द्र पुरुष ढकाल, प्राध्यापक सिद्धिनाथ गौतम, कुलेन्द्र पुरुष ढकाल सोही विद्यालयमा अध्ययन गरेका हुन् ।
सिरुवानीका भवनाथ अधिकारी सो विद्यालयका संस्थापक प्रधानाध्यापक हुन्। अधिकारीपछि नुवाकोट दुईपिपल झिल्टुङका महानन्द नेपालले पनि भाषा पाठशालामा पढाएको अभिलेख भेटिएको विद्यालयका पूर्व प्रधानाध्यापक ज्ञान बहादुर भण्डारीले बताउनुभएको हो।
बिक्रम सम्वत १९८२ माघ २१ गतेका दिन भाषा पाठशालाका रुपमा स्थापना भएको किराञ्चोक कार्कीडाँडा मावि गल्छी गाउँपालिकाको मात्रै होइन जिल्लाकै पुरानो बिद्यालयको रुपमा चिनिन्छ । धेरै बर्ष सम्म आकाश मुनिको खुल्ला चौर, चौतारो, कटुसे छाप्रो, ढुंगा माटोको गाह्रो भएको कोठामा पढाई सञ्चालन हुने गरेकोमा अहिले सुविधा सम्पन्न भवन सहितको विद्यालयमा पठन पाठन हुने गरेको छ ।
धादिङ जिल्लाभर चार वटा भाषा पाठशाला स्थापना हुँदा सात सय किराञ्चोक क्षेत्रलाई समेटेर १९८२ सालमा यस बिद्यालयको स्थापना भएको थियो । भाषा पाठशाला स्थापनाको केही बर्ष सम्म चौतारामा राखेर रुदी, चण्डी,कौमदी,अमरकोष लगायतका पढाई सञ्चालन गरिएको भाषा पाठशालामा २००४ सालबाट संस्कृतका साथै गणितिय तथा व्यवहारिक ज्ञानको पढाई सुरु भएको नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिका पूर्व अध्यक्ष समेत रहनु भएका सोही बिद्यालयका पूर्व बिद्याथी प्रा.डा.रामचन्द्र गौतम बताए।
भाषा पाठशाला हुँदै २०३२ सालमा प्राथमिक बिद्यालय,२०३४ मा निम्न माध्यमिक बिद्यालय, २०५४ मा माध्यमिक बिद्यालय र २०६८ मा उच्च माविको अनुमति पाएको यस बिद्यलायबाट अहिले सम्म ७९४ जनाले एसएलसी एसइई र २०० जनाले १२ कक्षा उतिर्ण गरेको यसै बिद्यालयका पूर्व प्रधानाध्यापक भोजुराम खड्काले बताउनुभयो ।
किराञ्चोक कार्किडाँडा माध्यमिक विद्यालयको शताब्दी महोत्सवले स्थानीय र राष्ट्रिय स्तरमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ। विद्यालयले विभिन्न विधाहरूमा उल्लेखनीय योगदान गर्ने आफ्ना पूर्व विद्यार्थीहरूलाई विशेष रूपमा सम्मान गर्दैछ। पूर्व गभर्नर दिपेन्द्रपुरुष ढकाल, पूर्व न्यायाधीश दामोदर पुरुष ढकाल, र अन्य विशिष्ट व्यक्तिहरूको सहभागिताले महोत्सवको गरिमा बढाउनेछ।
सन् २०३२ सालमा प्राथमिक विद्यालयका रूपमा विस्तार भई क्रमशः निम्न माध्यमिक, माध्यमिक, र उच्च माध्यमिक तहमा वृद्धि भएको यस विद्यालयले ७९४ जनाले एसएलसी/एसईई र २०० जनाले १२ कक्षा उत्तीर्ण गराएका छन्। यो तथ्याङ्क विद्यालयको शैक्षिक सफलताको प्रमाण रहेको बिधालयले जनाएको छ।
विद्यालयले आधुनिक शिक्षाको क्षेत्रमा गरेका प्रयासहरू उल्लेखनीय छन्। सुविधा सम्पन्न भवन, प्राविधिक र व्यवहारिक शिक्षाको समावेशीकरण, र स्थानीय समुदायसँगको घनिष्ठ सम्बन्ध यस विद्यालयको प्रमुख विशेषताहरू हुन्।
महोत्सवले विद्यालयको ऐतिहासिक महत्वमात्रै होइन, भविष्यका लागि विद्यालयको दृष्टिकोणलाई पनि प्रस्तुत गर्नेछ। नयाँ परियोजनाहरू, शैक्षिक सुधारका पहलहरू, र विद्यार्थीहरूको सर्वांगीण विकासका लागि बनाइएका योजनाहरूले महोत्सवलाई अझ अर्थपूर्ण बनाउनेछन्।
यो महोत्सवले केवल विद्यालयका लागि मात्र नभई समग्र धादिङ जिल्लाको शैक्षिक प्रगतिका लागि पनि नयाँ सम्भावनाहरूको ढोका खोल्नेछ।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |