गजुरीको पिडा मा.विमा गरिव,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण


गजुरीको पिडा मा.विमा गरिव,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण

धादिङ।गजुरी गाउँपालिका वडा नम्बर ५ स्थित गजुरी पिडा माध्यमिक बिधालय भिमसेनस्थानमा गरिव,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण भएको छ।

आइतबार गजुरी गाउँपालिका र रोटरी क्लब अफ धादिङको संयुक्त आयोजनामा तीन कोठे शौचालय हस्तान्तरण साथै गरिव,विपन्न तथा जेहेन्दार २१ जना विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको यस बिधालय प्रधानाध्यापक राजकुमार थापाले बताए।

यस कार्यक्रममा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण थापा मगरको अध्यक्षता,गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख अतिथी,बिशिष्ट अतिथी रोटरी क्लब अफ धादिङका डिष्ट्रिक्ट गर्भनर राजेन्द्रमान शेयरचन्द्र,अतिथि रोटरी क्ल्व अफ धादिङका अध्यक्ष सुदिप रसाइली,उपाध्यक्ष रोहित भण्डारी,गजुरी१,५ का वडा अध्यक्ष तारानाथ भण्डारी,गोबिन्द्र लामिछाने,पुर्व बिधालय ब्यबस्थापन समितिका अध्यक्ष ध्रुव सुबेदी अभिभावक लगायतको उपस्थितमा कार्यक्रम सप्पन्न भएको हो।

गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले शिक्षा र समग्र समुदायको विकासमा सक्रिय सहभागिता जनाउन महत्त्वलाई जोड दिदै आउनु भएको छ। उहाँले शिक्षा सुधारको लागि सामाजिक संस्थाहरू र समुदायको बीचमा सहयोगका अवसरहरूको सिर्जना गर्नु आवश्यक रहेको बताउनुभयो।

अध्यक्ष श्रेष्ठले पोशाक र शैक्षिक सामग्री वितरणजस्ता पहलहरूले विद्यार्थिहरूको भविष्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँको भनाइ अनुसार, यस प्रकारका कार्यक्रमहरूले समुदायमा शिक्षा र समान अवसरका बारेमा सचेतना फैलाउने काम गर्छ।

साथै, उहाँले गजुरी गाउँपालिकामा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका लागि आगामी समयहरूमा थप योजनाहरू ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।

गजुरी १ का वडा अध्यक्षले तारानाथ भण्डारीले यस माध्यमिक विद्यालयमा गरिव, विपन्न, तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक स्तर उकास्न महत्वपूर्ण योगदान पुर्याउने साथै यस कार्यक्रमले विद्यार्थीहरूलाई शिक्षा हासिल गर्न उत्प्रेरित गर्नुका साथै विद्यालयमा आवश्यक पूर्वाधारको विकासमा टेवा पुग्ने विश्वास समेत व्यक्त गर्दै रोटरी क्लब अफ धादिङलाई धन्यवाद दिदै यस्ता सहयोगलाई निरन्तरता दिन समेत अनुरोध गरेका छन्।

यस कार्यक्रमको आयोजनामा गजुरी ५ का वडा अध्यक्ष गोबिन्द्र लामिछानेले स्थानीय सरकार र रोटरी क्लब अफ धादिङको सहयोगमा गजुरी पिडा माध्यमिक विद्यालयको विद्यार्थीहरूको लागि महत्वपूर्ण अवसर सिर्जना भएको छ।

शौचालय हस्तान्तरणले विद्यालयको भौतिक पूर्वाधारलाई सुधार गर्न मद्दत पुर्याउनेछ, जसले गर्दा विद्यार्थीहरूलाई सफा र स्वस्थ वातावरणमा अध्ययन गर्न सक्ने मौका मिल्नेछ।

पोशाक र शैक्षिक सामग्री वितरणले विद्यार्थीहरूको आत्मविश्वास र अध्ययनमा प्रोत्साहन दिने छ, र यसले परिवारको आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूको लागि ठूलो मद्दत पुर्याउनेछ। यस कार्यक्रमले विद्यालयको विकास र समुदायको कल्याणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै गजुरी गाउँपालिका स्थानीय सरकार र रोटरी क्लब अफ धादिङलाई धन्यवाद बिधालय परिवारले दिएका छ्न्।

लेखकको बारेमा

  • उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    ताजा अपडेट

    खोजी गर्नुहोस