जनताको अवस्था अझै परिवर्तन हुन सकेन : राष्ट्रियसभाका अध्यक्ष दाहाल

फोटो फाइलबाट।
  • हाम्रो दैनिक
  • / शिक्षा /
  • २०८१ माघ १८, शुक्रबार (४ घण्टा अघि)
  • ५४ पटक पढिएको

जनताको अवस्था अझै परिवर्तन हुन सकेन : राष्ट्रियसभाका अध्यक्ष दाहाल

धादिङ ।राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको अवस्थामा अझै परिवर्तन नभएको बताएका छन् ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित चरौँदीमा आयोजित श्रीमद् भागवत ज्ञान महाज्ञको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ठूलो त्याग र बलिदानबाट राजनीतिक परिवर्तन भए पनि अझै जनताको अवस्थामा परिवर्तन हुन नसकेको बताएका हुन् ।

‘नेपाली जनताले बारम्बारको त्याग र बलिदान गरेर राजनीतिक परिवर्तन गरेका छन्, तर जनताको अवस्थामा अझै परिवर्तन हुन सकिरहेको छैन,’ उनले भने ।

ठूलो त्यागबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक २०७२ को नयाँ संविधान र त्यस संविधानमा विभिन्न उत्पीडित जातजाती, उत्पीडित वर्ग, लिंग, क्षेत्र र समुदायका जनताको मौलिक हक अधिकार शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खानेपानी लगायतका सवालमा प्रष्ट व्यवस्था भए अझै खासै उपभोग गर्न नपाउँदा जनतामा निराशा बढिरहेको उनको भनाइ छ ।

जनताको सम्पूर्ण मौलिक हकअधिकार उपभोग गर्नका लागि सहज वातावरण बनाउन आवश्यक ऐन कानुन बन्न नसकेको उनले बताए ।

आफू ऐन निर्माण गर्ने ठाउँको नेतृत्वमा रहेर कैयौँ व्यावहारिक कानुनी जटिलताका कारण सोचे जस्तो काम हुन नसकेको उनले बताए ।

शुक्रबारदेखि सुरु हुने हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन, निजामती ऐन, प्रहरी समायोजन ऐनलगायत महत्त्वपूर्ण दर्जनौँ ऐन पारित हुने विश्वास व्यक्त गरे ।

साथै अध्यक्ष दाहालले शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताए । स्थानीय तहको नेतृत्वमा अभिभावकको प्रत्यक्ष रेखदेख र सक्रिय सहभागिता नपुगेसम्म शिक्षाको विकास नहुने उनको भनाइ छ।रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस