गजुरी गाउँपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु, नागरिकलाई समयमै दर्ता गर्न आग्रह


गजुरी गाउँपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु, नागरिकलाई समयमै दर्ता गर्न आग्रह

गजुरी, धादिङ — गजुरी गाउँपालिकाले बैशाख १ गतेदेखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने घोषणा गरेको छ। गाउँपालिकाको कार्यालय द्वारा जारी सूचनामा जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराइ जस्ता व्यक्तिगत घटनाहरू कानुनी रूपमा दर्ता गर्न नागरिकहरूलाई आग्रह गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत होम बहादुर राउत द्वारा हस्ताक्षर गरिएको सूचनामा भनिएको छ । “घटना घटेको मितिबाट ३५ दिनभित्र अनिवार्य रूपमा दर्ता गर्नु पर्ने व्यवस्था रहेको हुँदा आफ्नो स्थायी ठेगाना वा घटना घटेको स्थानको वडा कार्यालयमा गएर व्यक्तिगत घटना अनिवार्य रूपमा दर्ता गर्नुहोस्।”

व्यक्तिगत घटना दर्ता किन आवश्यक?

सूचनामा दर्ताको पाँचवटा प्रमुख फाइदाहरू उल्लेख गरिएका छन्:
१. बालबालिकालाई विद्यालय भर्ना गर्न,
२. सामाजिक सुरक्षा भत्ता पाउन,
३. नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन,
४. बैंक खाता खोल्न,
५. सरकारी सेवा तथा सुविधा प्राप्त गर्न।

सार्वजनिक जिम्मेवारीको रूपमा दर्ता

गाउँपालिकाले नागरिकको कर्तव्यको रूपमा समयमै व्यक्तिगत घटना दर्ता गर्नु आवश्यक रहेको उल्लेख गरेको छ। साथै, दर्ता नगरीकन भविष्यमा विभिन्न सेवा-सुविधा तथा अधिकार प्राप्तिमा समस्या आउन सक्ने चेतावनी दिइएको छ।

थप जानकारीको लागि… आवश्यक परेमा स्थानीय पञ्जीकाधिकारीको कार्यालय वा वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस