धादिङकै उत्कृष्ट वैदेशिक शिक्षा केन्द्र आदर्श एजुकेशन एण्ड ट्रेनिङ्ग सेन्टर, गजुरी


धादिङकै उत्कृष्ट वैदेशिक शिक्षा केन्द्र आदर्श एजुकेशन एण्ड ट्रेनिङ्ग सेन्टर, गजुरी

गजुरी, धादिङ | वैदेशिक अध्ययन र सीप विकासमा अग्रणी भूमिका खेल्दै आएको आदर्श एजुकेशन एण्ड ट्रेनिङ्ग सेन्टर प्रा.लि. गजुरी–१, धादिङ, जिल्लाकै विश्वासिलो र उत्कृष्ट शैक्षिक संस्था बनेको छ।

वि.सं. २०७५ सालदेखि नियमित रूपमा सञ्चालनमा रहेको यस केन्द्रले खासगरी जापानमा अध्ययन र रोजगार का लागि तयारी गरिरहेका युवाहरू माझ उच्च लोकप्रियता कमाउँदै गएको छ।जनवरी, अप्रिल, जुलाई र अक्टोबर महिनामा नयाँ भर्ना प्रक्रिया सञ्चालन हुने जानकारी केन्द्रले दिएको छ।

अहिलेसम्म ५०० भन्दा बढी विद्यार्थीहरूलाई जापानको विभिन्न शैक्षिक संस्थानमा पठाइसकेको यो केन्द्रले भाषा दक्षता, कागजात तयारी, परामर्श र भिसा प्रक्रियासम्म सम्पूर्ण सेवा उपलब्ध गराउँदै आएको छ।

यस केन्द्र मार्फत जापानी भाषा, कम्प्युटर तालिम, तथा अंग्रेजी भाषा सम्बन्धी कक्षा सञ्चालन भइरहेको छ।संस्थाले जापानमा अध्ययन र रोजगारीका लागि जाने मार्ग प्रशस्त गराउने लक्ष्यसहित विद्यार्थीहरूलाई भाषा तथा प्रविधिमा दक्ष बनाउँदै आइरहेको स्थानिय बताउँछन।

विशेषगरी जापानमा उच्च शिक्षाका साथै रोजगारीका अवसरहरू सुनिश्चित गर्ने उद्देश्यले यो केन्द्रले डिप्लोमा, स्नातक (Bachelor), र स्नातकोत्तर (Master) तहसम्मको अध्ययन ब्यबस्थापनमा समेत जोड दिदै आएको छ।

संस्थाका प्रबन्ध निर्देशक समुन्द्र पाठक भन्छन्, “हाम्रो उद्देश्य केवल विद्यार्थी विदेश पठाउनु होइन, उनीहरूको सम्पूर्ण करियर विकासमा साथ दिनु हो। हामी भाषा मात्र होइन, प्रविधिमा पनि दक्ष बनाउने तालिम दिन्छौं जसले उनीहरूलाई विदेशमा अझ आत्मनिर्भर बनाउँछ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

ताजा अपडेट

६ दिन अघि

(Untitled)

खोजी गर्नुहोस