गजुरी-४ मा श्रीमद् भागवत सप्ताह महायज्ञ सम्पन्न,गा.पा.सरकारले २१ लाख सहयोग गर्ने

  • हाम्रो दैनिक
  • / शिक्षा /
  • २०८२ बैशाख १३, शनिबार (२ दिन अघि)
  • २३६ पटक पढिएको

गजुरी-४ मा श्रीमद् भागवत सप्ताह महायज्ञ सम्पन्न,गा.पा.सरकारले २१ लाख सहयोग गर्ने

गजुरी, धादिङ — “शिक्षाका लागि दान” भन्ने मूल नाराका साथ श्री पिण्डेश्वरी माध्यमिक विद्यालय, गजुरी–४ मा सञ्चालन भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ २०८२ को समापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

गजुरी गाउँपालिका अध्यक्ष श्री गणेशलाल श्रेष्ठले विद्यालयको शैक्षिक र भौतिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले २१ लाख २१ हजार १ सय २१ रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो। उहाँले शिक्षा क्षेत्रको समुन्नति बिना समृद्ध समाजको कल्पना गर्न नसकिने उल्लेख गर्दै विद्यालयलाई आवश्यक पूर्वाधार विकासमा गाउँपालिकाले निरन्तर साथ दिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।

समापन कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशुपन्क्षी मन्त्री रामनाथ अधिकारी,सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ,गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ,उपाध्यक्ष शर्मिला बिशुराल,वडा अध्यक्ष,विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, स्थानीय अगुवा, समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो।

आयोजक समितिका अनुसार महायज्ञबाट संकलित रकम विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा भौतिक पूर्वाधार निर्माणमा खर्च गरिनेछ।

कार्यक्रममा भाग लिएका सबैले यस्ता धार्मिक तथा सामाजिक अभियानहरूले शिक्षा र समाज रूपान्तरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस