आन्दोलन चर्किएरपछि बङ्गलादेशका प्रधानमन्त्री हसिनाले देश छाडे, नेपालमा उच्च सुरक्षा सतर्कतामा कडाइ

रातो पाटीबाट साभार गरिएको।

आन्दोलन चर्किएरपछि बङ्गलादेशका प्रधानमन्त्री हसिनाले देश छाडे, नेपालमा उच्च सुरक्षा सतर्कतामा कडाइ

आन्दोलन चर्किएर बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि नेपालमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सीमा नाकामा कडाइ गर्नेबारे सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले सीमा नाकामा कार्यरत सुरक्षा कमान्डरहरूलाई ब्रिफिङ गरेका छन् । सीमा क्षेत्रका कार्यरत कमान्डरहरूलाई अर्यालले ब्रिफिङ गरेको सशस्त्रका प्रवक्ता (डीआईजी) कुमार न्यौपानेले रातोपाटीलाई बताए ।

बंगालादेशबाट आउनेहरू नेपाल प्रवेश गर्न सक्ने आकलन गरिएको सीमा क्षेत्रका बाहिनीपति र गणपतिहरुलाई अर्यालले भिडिओ कन्फरेन्स मार्फत ब्रिफिङ गरेका हुन् । झापा, मोरङ, सुनसरीका गणपतिहरू, कोशी र मधेस प्रदेशका डीआईजी तथा अन्य कमान्डरहरू भर्चुअल ब्रिफिङमा सहभागी थिए ।

शेख हसिनाले देश छाडेको घटनाबारे सोमबार केन्द्रीय सुरक्षा समितिमा छलफल भएको थियो । गृहमन्त्री रमेश लेखक र सुरक्षा प्रमुखहरूले बङ्गलादेशको आन्दोलनको असर नेपालमा पनि पर्न सक्ने आकलन गर्दै सीमा नाकामा कडाइ गर्ने र सुरक्षा सतर्कता बढाउनेबारे छलफल गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस