बेल्जियम माथि फ्रान्सको सहज जित भने इटाली अपराजित

फोटो सामाजिक सन्जालबाट।

बेल्जियम माथि फ्रान्सको सहज जित भने इटाली अपराजित

युईएफए नेसन्स लिगमा फ्रान्सले बेल्जियममाथि सहज जित निकालेको छ।

स्टेडियममा डिडियर डेसच्याम्प्सको घरेलु टोलीले बेल्जियमलाई २–० गोल अन्तरले पराजित गरेको हो। लिग ए समूह २ मा रहेको फ्रान्स पहिलो खेलमा इटलीसँग ३–१ ले पराजित भएको हो।

इटालिविरुद्ध पूरा समय मैदानमा बिताएका कप्तान केलियन एमबाप्पे यस खेलमा भने सुरुवाती ११ परेका थिएनन्। बेल्जियमले सुरुवातमा केही राम्रा अवसरहरु बनाएपनि गोलमा परिणत गर्न सकेन। २९औं मिनेटमा कोलो मुआनीले डेडलक तोड्दै घरेलु टोलीलाई अग्रता दिइएको थियो।

फ्रान्सका लागि यो उनको छैठौं गोल थियो। ५७औं मिनेटमा पेरिस सेन्ट–जर्मेन पएसिजीका ओस्मान डेम्बेलेले गोल गरेपछि फ्रान्सले २–० को अग्रता बनायो। एम्बाप्पेलाई दोस्रो हाफको मध्य तिर मैदानमा पठाइएको थियो। उनले दुई पटक राम्रो मौका पाए पनि गोल गर्न सकेनन्।

जितसँगै ३ अंक जोडेको फ्रान्स लिग ए समूह २ को दोस्रो स्थानमा उक्लिएको छ। आफ्नो पहिलो खेलमा इजरायललाई ३–१ ले पराजित गरेको बेल्जियम ३ अंक सहित तेस्रो स्थानमा छ। गएराति नै भएको अर्को खेलमा इटालीले इजरायललाई २–१ ले पराजित गरेको छ।

युरो २०२४ को अन्तिम १६ बाट नकआउट भएको इटालीले लगातार दोस्रो जितसहित नेसन्स लिगमा भने बलियो सुरुवात जारी राखेको छ।

बोजसिक एरेनामा खेलको ३८औं मिनेटमा डेभिड फ्राटेसीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा जियाकोमो रास्पादोरी प्रहार इजरायलली गोलरक्षकले जोगाएका थिए। तर ६२ औं मिनेटमा मोइस केनले गोल गरेपछि इटालीले २० को अग्रता बनायो।

इजरायलका लागि मोहम्मद अबु फानीले इन्जुरी समयमा उत्कृष्ट गोल फर्काए पनि जितका लागी पर्याप्त हुन सकेन। यससँगै अहिलेसम्म दुई खेलबाट ६ अंक जोडेको इटाली समूह २ मा शीर्ष स्थानमा छ।

गएराति नै भएका अन्य खेलमा टर्कीय, स्लोभानिया, रोमानीया, नर्वे र वेल्स पनि विजयी भएका छन्।रासस।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस