बेनिघाट रोराङ गाउँपालिकामा मा.वि.स्तरीय मौलिक लोक गित प्रतियोगिता तथा तिज कार्यक्रम सप्पन्न

  • हाम्रो दैनिक
  • / कला/संस्कृति /
  • २०८१ भाद्र १८, मंगलबार (२ हप्ता अघि)
  • ४०९ पटक पढिएको

बेनिघाट रोराङ गाउँपालिकामा मा.वि.स्तरीय मौलिक लोक गित प्रतियोगिता तथा तिज कार्यक्रम सप्पन्न

बेनिघाट रोराङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालित माध्यमिक तह (कक्षा ९-१०) स्तरीय मौलिक लोक गीत प्रतियोगिता तथा तीज विशेष कार्यक्रम सप्पन्न भएको छ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे अध्यक्षता, गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)को प्रमुख आतित्थता र उपाध्यक्ष टाप बहादुर श्रेष्ठको विशेष आतित्थतामा सम्पन्न भएको हो।

बेनिघाट रोराङ गाउँपालिकामा कूल १२ माध्यमिक विद्यालयहरु मध्ये ११ वटा माविको अर्थपूर्ण सहभागितामा साथ प्रतियोगितामा माद्यामिक बिधालय स्तरीय उत्कृष्ट प्रस्तुती देखाएको बेनिघाट रोराङ गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बताउनुभयो।

यस कार्यक्रममा प्रथम चन्द्रोदय मा.वि.विशालटार,दोस्रो श्री शंखादेवी माद्यामिक बिधालय मझिमटार,तेस्रो श्री हर्कपुर माद्यामिक बिधालय हर्कपुर,सान्त्वना,पञ्चकन्या मा.वि.स्यादुल आज विजेता भएको हो।विद्यार्थीहरुलाई राष्ट्रिय शिक्षा दिवसको दिनमा पुरस्कृत गर्ने समेत बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाले हाम्रो दैनिकलाई जानकारी दिनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस