गजुरी/बेनिघाट रोराङ गाउँपालिकाको सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तिसेवन गर्न नपाउने भएको छ।
यस गाउँपालिकाले सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गरेमा सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ को दफा १७ बमोजिम कारवाही गरि पाँच हज़ार रुपयाँ सम्म जरिवाना गराउने निर्णय गरेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा बर्सेनि १२ लाख व्यक्तिको मृत्यु धूम्रपान गरेका कारण हुने गरेको छ । नेपालमा यसको यकिन तथ्यांक नभए पनि धूम्रपान गर्ने परिवारका सदस्य, साथीभाइ जत्ति नै सँगै रहने अर्को व्यक्तिलाई पनि यसले असर गरिरहेको हुन्छ ।
नेपालमा बर्सेनि २७ हजारभन्दा बढीको धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनका कारण मृत्यु हुने गरेको सरकारी तथ्यांक छ । सार्वजनिक स्थलमा धूम्रपान सेवन नरोकिदाँ यो संख्या बढ्दै गएको अनुमान सरकारको छ ।
वेनिघाट रोराङ गाउँपालिकाको सूचना: