आदर्श बहुमुखी क्याम्पस गजुरीमा स्नातक प्रथम वर्षको भर्ना खुल्यो


आदर्श बहुमुखी क्याम्पस गजुरीमा स्नातक प्रथम वर्षको भर्ना खुल्यो

गजुरी/त्रिभुवन विश्वविद्यालय (TU) को सम्बन्धन प्राप्त आदर्श बहुमुखी क्याम्पसमा बीएड र बिबिएस प्रथम बर्षका लागि भर्ना खुलेको छ।

राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरद्वारा २०८१ बैशाख महिनामा सञ्चालन भएको माध्यमिक तह कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुको लागि आदर्श बहुमुखी क्याम्पस गजुरीमा भर्ना खुलाएको क्याम्पस सहायक प्रमुख दुर्गा घिमिरेले हाम्रो दैनिकलाई बताए।१३.५ रोपनी जग्गामा फैलिएको आदर्श बहुमुखी क्याम्पसले भारतीय दूतावासको सहयोगमा नयाँ भवन निर्माण गरेको छ।

विद्यार्थीहरूलाई पूर्ण र आंशिक छात्रवृत्ति प्रदान गर्दै आएको र अब आउनेदिनमा क्याम्पसलाई नमूना क्याम्पस बनाउन लागेको समेत क्याम्पस प्रमुख लामिछानेले बताउनुभयो।

शैक्षिक गन्तव्यको लागि २०६३ सालदेखि स्थापना भएको यस धादिङ जिल्ला राजमार्ग क्षेत्रकै उत्कृष्ट क्याम्पस यस आदर्श बहुमुखी क्याम्पस गजुरीमा जेहेन्दार तथा विपन्न विद्यार्थीहरूका लागि पूर्ण छात्रवृत्ति (प्रथम वर्षदेखि चौथो वर्षसम्म सहित व्यवस्थापन स‌ङ्काय एवम् शिक्षा शास्त्र सङ्काय अन्तर्गत नेपाली र अङ्ग्रेजी मूल विषयमा भर्ना खुलेको क्याम्पस प्रमुख मुक्तिकला लामिछानेले बताउनुभयो।

क्याम्पसको सूचना तल राखिएको छ:

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस