मौसम पूर्वानुमान महाशाखाको अनुसार भोलि र पर्सी देशभर वर्षा हुने, ३६ जिल्लामा रेड अलर्ट जारी


मौसम पूर्वानुमान महाशाखाको अनुसार भोलि र पर्सी देशभर वर्षा हुने, ३६ जिल्लामा रेड अलर्ट जारी

गजुरी/मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष बुलेटिन जारी गरी मनसुन न्यूनचापीय  रेखा नेपालनजिक सर्ने सम्भावना देखिएकाले मनसुन सक्रिय हुने बताएको छ।

महाशाखाका अनुसार मंगलबार र बुधबार अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी दिइएको छ।

साथै, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ।

महाशाखाले मधेश र कर्णालीबाहेक ६ प्रदेशका ३६ जिल्लामा रेड अलर्ट जारी गरेको छ। धेरै वर्षा हुने र यसले बाढीपहिरोको जोखिम निम्ताउन सक्ने भएकाले रेड अलर्ट जारी गरिएको हो।

वर्षाकाे जाेखिम रहेका जिल्लाकाे विवरण:

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस