धादिङको गजुरी सहित देशभर भारी बर्षा,सुरक्षित रहनुहुन पूर्वानुमान महाशाखाको अनुरोध


धादिङको गजुरी सहित देशभर भारी बर्षा,सुरक्षित रहनुहुन पूर्वानुमान महाशाखाको अनुरोध

गजुरी/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।धादिङको गजुरीमा वर्षा भैरहेको छ भने मनसुनको न्यून चापीय सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल  देशभर साधरणतया बदली रहेको छ।  कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  हल्का  देखि मध्यम वर्षा भइरहेको छ।

।आज राति  देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा  अति भारी वर्षाको पनि सम्भावना रहको छ ।

सातै प्रदेशमा धेरै भारी वर्षा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेश एक–दुई स्थानमा  अति भारी वर्षाको पनि सम्भावना  रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न  आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस