चितवनको सिमलताल घटना कार्यदलले आज प्रतिवेदन बुझाउँदै


चितवनको सिमलताल घटना कार्यदलले आज प्रतिवेदन बुझाउँदै

गजुरी/चितवनको सिमलताल घटनासम्बन्धमा गठित अध्ययन कार्यदलले आज अध्ययन प्रतिवेदन बुझाउँदै छ ।

गृह मन्त्रालयका सहसचिव छवि रिजाल संयोजक रहेको उक्त कार्यदलले आज दिउँसो साढे १ बजे अध्ययन प्रतिवेदन बुझाउने भएको छ।गत असार २८ गते बिहान ३ः३० बजे चितवनको सिमलताल नजिकैको सिँदुरेमा लेदोले काठमाडौँबाट गौर गइरहेको र वीरगञ्जबाट काठमाडौँ आइरहेको दुईवटा यात्रुबाहक बस त्रिशूलीमा खसालेको थियो ।

बसमा ६५ जना यात्रु सवार थिए । उक्त घटनामा तीन जना यात्रु बाँचेका थिए । बाँकी यात्रु बेपत्ता रहेकामा हालसम्म २४ जनाको मात्र शव फेला परेको प्रहरीले जनाएको छ।

सरकारले असार ३१ गते गृह मन्त्रालयका सहसचिव रिजालको संयोजकत्वमा घटनाबारे अध्ययन गर्न ६ सदस्यीय कार्यदल बनाएको थियो ।यसअघि सडक डिभिजन भरतपुरले पनि आन्तरिक रूपमा अध्ययन प्रतिवेदन तयार पारेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस