अखिल (क्रान्तिकारी) धादिङको २२औँ जिल्ला सम्मेलन भोलि हुने


अखिल (क्रान्तिकारी) धादिङको २२औँ जिल्ला सम्मेलन भोलि हुने

नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) धादिङले २२औँ जिल्ला सम्मेलन भोलि भदौ १५ गते गर्ने भएको छ ।

अनेरास्ववियू क्रान्तिकारी केन्द्रिय अध्यक्ष पन्चा सिंह,पार्टी जिल्ला इन्चार्ज पुष्प बिक्रम मल्ल,बागमती प्रदेशका नि.वर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल लगायत जिल्ला स्तरीय शिर्ष नेतृत्वहरुको उपस्थितमा कार्यक्रम हुन लागेको हो।

अखिल (क्रान्तिकारी)धादिङ जिल्ला कमिटीले वैज्ञानिक समाजवादी शिक्षा प्राप्ति हाम्रो अभियान संगठन निर्माणको लागि २२ औं जिल्ला सम्मेलन धादिङवबेशी क्रिक रिसोर्टमा बिहान ११ बजे देखि सुरु हुने भएको छ।

यो विद्यार्थी सङ्गठन २०२२ सालमा स्थापना भएको हो।यस सङगठनले विद्यार्थीहरुको हक र  हितको लागि निरन्तर लड्दै नराम्रो कामको विरोध गर्नुका साथै विसङ्गतीको तर्फ आवाज उठाउदै आएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस