धादिङको वेनिघाट रोराङ गाउँपालिकाको सलाङघाटमा ट्रक र बस ठोक्किँदा,३ जना घाइते


धादिङको वेनिघाट रोराङ गाउँपालिकाको सलाङघाटमा ट्रक र बस ठोक्किँदा,३ जना घाइते

धादिङ/ वेनिघाट रोराङ गाउँपालिकाको सलाङघाटमा ट्रक र बस ठोक्किँदा तीन जना घाइते भएका छन् ।

काठमाडौंबाट भारतको नयाँदिल्ली जाँदै गरेको मधेश प्रदेश–०३–००१–६८१४९ नम्बरको बस र चितवनतर्फबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८२४१ नम्बरको ट्रक आज दिउँसो १२ बजेतिर ठोक्किएका थिए ।

प्रहरी कार्यालय मलेखुका प्रहरी सहायक निरीक्षक भिमबहादुर खत्रीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन ।उनका अनुसार बस चालक र दुई महिला सामान्य घाइते भएका छन्।घाइते  उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
दुर्घटनापछि केहीबेर बन्द भएको सडक प्रहरीले खुलाइसकेको छ । आपसमा ठोक्किएका गाडी साइड लगाएपछि सवारी आवागमन खुलाइएको हो।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस