|sf7]k'n lgdf{0fsf nflu >dbfg vf]6fª, !* ebf} M >dbfgdfkm{t sf7]k'n lgdf{0f ub}{ ;fs]nf ufpFkflnsf–# lvlbdfsf :yfgLo afl;Gbf . lvlbdfl:yt dvdn] / tfjfe~Hofªsf $@ hgf :yfgLo afl;Gbfn] rf/ lbg nufP/ af]/fvf]nfdf sl/a !@ ld6/ nDafO{sf] sf7]k'n lgdf{0f u/]/ ;~rfngdf NofPsf 5g . t:jL/ M s]bf/ du/÷/f;;
खोटाङ : विद्यार्थीलाई खोला तरेर विद्यालय जान समस्या भएको गाउँपालिका–३ खिदिमाका स्थानीयले श्रमदानमार्फत काठेपुल निर्माण गरेका छन् ।
खिदिमास्थित मखमले र तावाभञ्ज्याङका ४२ जना स्थानीयले लगातार चार दिन श्रमदान गरेर बोराखोलामा करिब १२ मिटर लम्बाइको काठेपुल निर्माण गरेका हुन् ।
साविकको बोरा टोलबाट मखमले जोड्ने बोराखोलामा करिब रु दुई लाख ४५ हजार लाग्ने काठेपुल निर्माण गरी आजदेखि सञ्चालनमा ल्याइएको टोल विकास समितिका अध्यक्ष नैनबहादुर खत्रीले जानकारी दिनुभयो ।रासस