रेडक्रस धादिङद्धारा स्थापना दिवसको अवसरमा स्वावलम्बी र आमाको माया छात्राबासलाई सहयोग


रेडक्रस धादिङद्धारा स्थापना दिवसको अवसरमा स्वावलम्बी र आमाको माया छात्राबासलाई सहयोग

नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाले स्वाबलम्बी वहिरा विद्यार्थी र आमाकाे माया छात्राबासमा स्वास्थ्य सरसफाईका सामग्रीहरु वितरण गरेको छ।

रेडक्रस शाखा धादिङले निलकण्ठ नगरपालिका ६२ औँ नेपाल रेडक्रस स्थापना दिवसकाे अबसरको दिन पारेर आज स्वाबलम्बी वहिरा आधारभुत विद्यालय र आमाकाे माया छात्रावासमा स्वास्थ्य र सरसफाई सामाग्री वितरण गरिएकाे छ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धादिङ शाखा सभापति दुर्लभ कुमार तामाङ,मन्त्री नेम बहादुर श्रेष्ठ कार्यलय प्रमुख आगमन खतिवडाको उपस्थितमा सरसफाईका सामाग्री वितरण गरिएको हो।

स्वास्थ्य सरसफाई सामाग्री (हाईजिन किट, माक्स, ग्लोप्स, सेनिटाईजर, साबुन), सेल्टर किट, डस्विन, बाल्टिन, त्रिपाल र कम्वल लगायतका सामग्रीहरु वितरण गरिएको कोषाध्यक्ष श्रेष्ठले बताए।

यस स्वाबलम्बी वहिरा आधारभुत विद्यालयका ४३ जना विद्यार्थीहरु र आमाकाे माया छात्रावासका २४ जना लाई स्वास्थ्य र सरसफाई सामाग्री वितरण गरिएको रेडक्रस धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले बताउनुभयो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस