गजुरीमा २ दिने वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न-स्वास्थ्य प्रमुख श्रेष्ठ


गजुरीमा २ दिने वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न-स्वास्थ्य प्रमुख श्रेष्ठ

गजुरी गाउँपालिकाको आयोजनामा आ.व.२०८०/०८१ मा गजुरी गाउँपालिकाद्वारा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा तथा योजना गोष्ठी तर्जुमा दुई दिने बैठक सम्पन्न भएको छ।

बुधबारदेखि सुरु गजुरी गाउँपालिकाको सभाहलमा भएको स्थानीय तहका स्वास्थ्य संस्थारुको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी बिहिवार सकिएको हो । कार्यक्रममा सबै स्वास्थ्य संस्थाका प्रमुख तथा प्रनितिधीले आ–आफ्नो स्वास्थ्य संस्थाले गर्दै आएको गतिविधीहरुको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा गजुरी गाउँपालिका सरकार प्रवक्ता एवं गजुरी ७ का वडा प्रमुख बद्री प्रसाद जम्कट्टेल,गजुरी १ का वडा प्रमुख तारानाथ भण्डारी,गजुरी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सन्तोष पौडेल,स्रोत शिक्षक सुजन भण्डारीको उपस्थितमा वार्षिक समिक्षा तथा योजना गोष्ठी तर्जुमा दुई दिने बैठक सम्पन्न भएको स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठले हाम्रो दैनिकलाई बताउनुभयो।

महेन्द्रोदय माद्यामिक बिधालय गजुरी-३ राक्सिङले आर्थिक बर्ष २०८०/०८१ विभिन्न स्वास्थ्य दिबस,विभिन्न स्वास्थ्य कार्यक्रम सहयोग,खेलकुदमा सहयोग,बिद्यालय हातामा सरसफाई र पोषण प्रदर्शनी,पोषण स्थिति लेखाजोखा (कक्षा १-५) आँखा परिक्षण, आइरन चक्की, जुकाको औषधी वितरण जस्ता विभिन्न कार्यहरु
गर्दै आएको बिधालय नर्स पुजा प्रजाले बताइन।

बर्ष बर्षमा प्रगति विवरण साथै समस्याका बिषयमा गाउँपालिका भित्र गर्दै आएका स्वास्थ्य गतिविधि साथै प्रगति विवरण सार्वजनिक गरेका थिए।आधारभूत स्वास्थ्य सेवा केन्द्र,स्वास्थ्य चौकी,प्राथमिक स्वास्थ्य केन्द्र लगायत विभिन्न बिधालयबाट बिधालय नर्सले आफुले गरेको हरेक प्रगति विवरण सार्वजनिक गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस