चेपाङ जातिको आफ्नै मौलिक पहिचान र विशेषता छन्:बेनिघाट रोराङ अध्यक्ष थपलिया


चेपाङ जातिको आफ्नै मौलिक पहिचान र विशेषता छन्:बेनिघाट रोराङ अध्यक्ष थपलिया

बेनिघाट रोराङ गाउँपालिकाले चेपाङ समुदायको महान चाड न्वागी (छोनाम)पर्वको शुभकामना सन्देश व्यक्त गरेको छ।

निश्चल र सफा मनका धनी चेपाङ जातिको आफ्नै मौलिक पहिचान र विशेषता छन् । तिनको जगेर्ना गर्दै आगामी पुस्तालाई चेपाङ हुनुमा गर्व गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिनुपर्ने बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले बताए।

हाम्रो पहिचान, सामाजिक पूँजी र विशिष्ट गुणका बारेमा सबैलाई जानकार बनाउँदै सो को संरक्षण र प्रवर्धन गर्नुपर्ने साथै आर्थिक विपन्नता एवम् हाम्रो आफ्नो सोच र शैलीका कारण पछि नपर्न आग्रह गर्नुभएको हो।

आज शनिवार शुभकामना सन्देशमा बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले सविधानमा सबै समान भनेर लेखिदैमा समानता आउँदैन । समानताको लागि जग निर्माण गर्न समुदाय स्वयम् पनि जागरुक हुन आवश्यक छ । हामीमा अझै पनि जसरी हुन्छ आफ्नो बालबच्चाको भविष्य बनाउनु पर्छ भन्ने चेतनाको विकास भएको छैन । दुःख गरी कमाएको पैसा जोगाएर आफ्नो र परिवारको शिक्षा र स्वास्थ्यको लागि जोहो गर्ने सीप र कौशलको पनि कमी छ ।त्यसैले सबै तिर मध्येनजर गरि चाडपर्व मनाउन शुभकामना समेत दिएका छ्न।

शुभकामना सन्देश:

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस