समाजवाद निर्माणको अभियानमा अघि बढ्दै भ्रष्टाचारमुक्त अभियानमा लागौं : प्रचण्ड


समाजवाद निर्माणको अभियानमा अघि बढ्दै भ्रष्टाचारमुक्त अभियानमा लागौं : प्रचण्ड

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानले दिएका अधिकारको उच्चतम उभोग गर्दै भ्रष्टाचारमुक्त अभियानमा लाग्न आह्वान गरेका छन् ।

संविधान दिवसको अवसरमा शुभकामना संदेश दिंदै प्रचण्डले भनेका छन्, ‘जनताले प्राप्त गरेका अधिकारको उच्चतम उपभोग गर्दै सबैखाले अराजकता, भ्रष्टाचार, बेथिति र निराशालाई चिर्दै नयाँ उत्साहका साथ अघि बढ्न र यो अभियानमा सहभागी हुन म सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्न चाहन्छु ।’

उनले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र थप परिस्कृत गर्दै बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था बदल्न दृढताका साथ अघि बढ्नुपर्ने पनि बताएका छन् । यसका लागि आफू तयार रहेको उनको भनाइ छ ।

अबको बाटो सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोहुँदै समाजवाद निर्माणको अभियानमा अघि बढ्नु रहेको भन्दै उनले संविधान कार्यान्वयनमा बाँकी रहेका कामहरु अझ तदारुकताका साथ र दृढताका साथ कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस