आदर्श बहुमुखी क्याम्पसमा भर्ना खुल्यो,बाह्र उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान

  • हाम्रो दैनिक
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ३, बिहिबार (१ दिन अघि)
  • १२४ पटक पढिएको

आदर्श बहुमुखी क्याम्पसमा भर्ना खुल्यो,बाह्र उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान

गजुरी गाउँपालिका भित्रका सामुदायिक बिधालयबाट शैक्षिक सत्र २०८० मा कक्षा १२ (SLC) उत्तीर्ण बिद्यार्थीहरुका लागि बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम आदर्श बहुमुखी क्याम्पस गजुरीको आयोजना र गजुरी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा विद्यार्थीहरुलाई बधाई साथै सम्मान गर्दै उच्च शिक्षा हासिल गर्नको लागि यस क्याम्पसमा ढोका खुल्ला रहेको समेत यस क्याम्पस प्रमुख मुक्तिकला लामिछानेले बताए।

युगौ नेपालबाट यस आदर्श बहुमुखी क्याम्पस गजुरीमा २० जना विद्यार्थीहरुको लागि छात्रवृत्तिको ब्यबस्था छ।”म पुर्व मुख्यमन्त्री हुँदा उच्च शिक्षा अध्यापन गर्ने सम्पूर्ण छात्रछात्राहरुको लागि नि:शुल्क शिक्षा गर्नु पर्छ भनेरर आवाज उठाएको समेत बताए ।

बागमती प्रदेश शिक्षा विकास निर्देशनालय महानिर्देशक दिपेन्द्र सुबेदीले हिजोको बिज्ञान आज हात हातमा मोबाइल छ। “त्यो सोच्नुस मोबाइल बिनाको संसार हिजो ढुङ्गे युगमा म यहाँ छु” भन्ने कुरा कसरी थाहा हुन्थ्यो एक ठाउँबाट अर्को ठाउँमा गएको सूचना थाहा पाउन चित्र बनाइथ्यो आगो बालिन्थ्यो धुवा बाट थाहा पाइन्थ्यो तर आज बिज्ञान प्रबिधिमा परिणत भएको छ।

जीवन उकालो लाग्दै ओरालो लाग्दै चुचुरोमा पुग्ने हो । समाज त्यस्तो हो त्यसलाई बिज्ञानले डोर्याउछ समाजले जता लैजान्छ त्यता जाने होईन ।

गजुरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले लोकसेवा कक्षा,अनलाइन सन्चालन गर्न इच्छुक बिद्यार्थी छ्न भने  अहिलेको नयाँ युगलाई स्थापित गर्न लाग्नु पर्नेमा जोड दिनुभएको छ।चिन्त्ता नगर्नुस काम सानोबाट नै सुरुवात गर्नुस मान्छे हरेक काममा सफल हुन्छ।पहिला आफ्नो परिचान बनाई स्थापित गर्नुस।

गजुरी गाउँपालिका उपाध्यक्षले शर्मिला बिशुरालले मा.वि स्तरीय बाह्र (SLC)पास भएका विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न निरन्तर सहयोग गर्ने बताउदै क्याम्पस प्रशासनले आवश्यकता के हो त्यो लिएर स्थानीय सरकार समक्ष आउन समेत अनुरोध गर्नुभएको हो।

कार्यक्रममा आदर्श बहुमुखी क्याम्पस गजुरीको संचालक समिति का अध्यक्ष राजेन्द्र प्रसाद पाण्डे,बागमती प्रदेश शिक्षा विकास निर्देशनालय महानिर्देशक दिपेन्द्र सुबेदी,आदर्श बहुमुखी क्याम्पस संचालक समितिका सदस्यहरु,गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिशुराल,गजुरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारी,शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत सन्तोष पौडेल,गजुरीका वडा अध्यक्षहरु,गजुरीका माद्यामिक विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापक हरु,समाजसेवी ,बुद्धिजीवी लगायत विद्यार्थीहरुको उपस्थितमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो।

सम्मान तथा बधाई कार्यक्रममा प्रथम बर्षको बिएड र बिबिएस को भर्ना खुलेको समेत आदर्श बहुमुखी क्याम्पसले जानकारी गराएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस