गजुरी गाउँपालिकाको प्राङ्गणमा दिप प्रज्वलन गरि संविधान दिवस मनाइयो


गजुरी गाउँपालिकाको प्राङ्गणमा दिप प्रज्वलन गरि संविधान दिवस मनाइयो

गजुरी गाउँपालिकामा बिहिवार दिप प्रज्वलन गरि संविधान दिवस मनाए। जनताको लामो सङ्घर्ष र त्याग बाट देशको संविधान निर्माण भएको हो।

नेपालको संविधान निर्माण भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गजुरी गाउँपालिकाले प्रत्येक वर्ष असोज ३ लाई संविधान दिवसको रुपमा मनाउदै आइरहेको गजुरी गाउँपालिका वडा सरकार प्रमुख तारानाथ भण्डारीले बताए।

गजुरी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधी, राष्ट्रसेवक कर्मचारी, राजनैतिक दल, समाजसेवी,बुद्धिजीवीहरुको उपस्थितीमा संविधान दिवसमा दिप प्रज्वलन गरि सम्पन्न गरिएको गाउँपालिका उपाध्यक्ष शर्मिला बिशुरालले बताउनुभयो।

बिहिवार संविधानको मर्म र भावना अनुसार अघि बढ्न,राष्ट्रिहित, संविधानको रक्षार्थमा एकजुट हुँदै आ-आफ्नो पालिका बाट दिप प्रज्वलन गरि संविधान दिवस मनाएका हुन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस