०८४ मा एमालेबाटै राष्ट्रपति र प्रधानमन्त्री बन्नुपर्छ :पूर्वराष्ट्रपति भण्डारी

  • हाम्रो दैनिक
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ६, आईतबार (३ महिना अघि)
  • १६५ पटक पढिएको

०८४ मा एमालेबाटै राष्ट्रपति र प्रधानमन्त्री बन्नुपर्छ :पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को निर्वाचनपछि राष्ट्रपति र प्रधानमन्त्री नेकपा एमालेले बनाउन सक्नुपर्ने बताएकी छन्।

शनिवार मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्। उनले नेकपा एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरुरी रहेको बताइन्।

उनले नेकपा एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बनी एमालेका तर्फबाट दोस्रो राष्ट्रपति बनाउने प्रयासमा अहिलेदेखि लाग्न जरुरी रहेको बताइन्। उनले छिटोछिटो नेकपा एमाले बलियो भएर एमालेबाट राष्ट्रपति र प्रधानमन्त्री बनाउन आग्रह गरिन्। उनले नेकपा एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति हुन अहिलेदेखि लाग्न जरुरी रहेको बताइन्।

उनले २०८४ पछि निर्णायक शक्ति भएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउन जरुरी रहेको बताइन्। आगामी निर्वाचनसम्म एमालेले फाउण्डेशनको अग्रसरतामा मुलुकभर जबजको माध्यमबाट अभियान चलाउन आग्रह पनि गरिन्।​

पूर्वराष्ट्रपति भण्डारीले भनिन्‚ ‘म नेकपा एमालेको सदस्य भएर नेपालकी पहिलो महिला राष्ट्रपति भएँ। वामआन्दोलनका तर्फबाट पनि हो। नेकपा एमालेले अर्को राष्ट्रपति नबनाएसम्म म आफैँ सामाजिक फोरमहरूमा प्रमुख अतिथि बन्नुपर्ने भयो। मैले नेकपा एमालेलाई के अनुरोध गर्न खाजेको हो भने छिटोछिटो नेकपा एमाले बलियो भएर एमालेबाट राष्ट्रपति बनाउनुस्। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउनुस्।’

उनले जनताको बहुदलीय जनवादको आलोकमा संविधान कार्यान्वयन प्रक्रियामा रहेको दावी गरिन्। उनले जबजको सिद्धान्तलाई मान्नेहरूले लामो समय मुलुकको नेतृत्वमा पुगे पनि भनेजस्तो काम नभएको बताइन् ।

भण्डारीले मुलुकको राष्ट्रिय अर्थतन्त्र अहिले बलियो बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरिन्। उनले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन आन्तरिक उत्पादन आवश्यक रहेको बताइन्। उनले युवाहरू विदेश जानुपर्ने अवस्था दुःखदायी भएको चर्चा समेत गरेकी छिन।रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस