धादिङको गजुरी आसपासमा भारी वर्षा,सचेत रहन महाशाखाको अनुरोध

  • हाम्रो दैनिक
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ९, बुधबार (३ हप्ता अघि)
  • १७१ पटक पढिएको

धादिङको गजुरी आसपासमा भारी वर्षा,सचेत रहन महाशाखाको अनुरोध

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।

अहिले देशभर आंशिक देखि साधरणतया बदली  रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

अहिले धादिङ गजुरी लगायतको स्थानमा मध्यम वर्षा भैरहेको छ। कोशी, बागमती र गण्डकी  प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस