दिल्लीबाट काठमाडौं आएको जहाजमा बम राखेको हल्लापछि ‘सर्च’ गर्दै सेना

  • हाम्रो दैनिक
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ६, मंगलबार (७ घण्टा अघि)
  • ५१ पटक पढिएको

दिल्लीबाट काठमाडौं आएको जहाजमा बम राखेको हल्लापछि ‘सर्च’ गर्दै सेना

काठमाडौँ ६ कात्तिक ।भारत नयाँदिल्लीबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएको छ ।

भिस्टाराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले ‘अनग्राउन्ड’ रहेको छ । जहाजमा बम राखेको फोन दिल्लीबाटै आएको विमानस्थल स्रोतले जनाएको छ ।

बम राखेको खबर पाइएपछि नेपाली सेनाको कमान्डमा सुरक्षा निकायले जहाजको खानतलासी सुरु गरेको छ । पछिल्लो समय भारतीय जहाजहरूमा बम राखेको हल्ला फैलिने क्रम बढेको छ ।

बमको हल्ला आएको र अहिले सुरक्षा टोली विमानस्थलमा पुगेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिएको हो।

काठमाडौं विमानस्थलमा अहिले उडान–अवतरण रोकिएको छ । नेपाली सेना सहितको सुरक्षा निकायले जहाजमा खानतलासी गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस