कालिगण्डकी करिडोर पहिरोको कारण अवरुद्ध,


कालिगण्डकी करिडोर पहिरोको कारण अवरुद्ध,

गजुरी/अविरल वर्षाले पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ। सोमबार साँझदेखिको वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको करिडोर पूर्णरूपमा अवरुद्ध भएको छ।

करिडोरको बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

करिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दूरीका सवारीसाधन ठप्प भएको उनले बताए। अहिले  वर्षा भइरहेको हुँदा सडक खुलाउन नसकिने जनाउँदै वर्षा रोकिएपछि खुलाउने उनले जानकारी दिएका छ्न।

सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात सम्पर्क टुटेको छ। पहिरोले सडक नै भासिएको छ। गतहप्ता पनि अवरुद्ध भएको सडक सोमबार दिउँसो सञ्चालनमा आएको थियो। जोखिम उच्च बढ्दो छ।कतै जानू अघि सूचना लिगेर  अत्यावश्यक काम बिना बाहिर नहिड्न समेत आग्रह गरेका छ्न।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस