नेपालीको औसत आयु ४ बर्ष ९ महिना बढ्यो,बालबालिकाको जनसंख्या घट्दो


नेपालीको औसत आयु ४ बर्ष ९ महिना बढ्यो,बालबालिकाको जनसंख्या घट्दो

नेपालमा बालबालिकाको जनसंख्या घट्दो क्रममा रहेको तथ्यांक सार्वजनिक भएको छ।

विसं २०६८-२०७८ कोमा १७ वर्षभन्दा कम उमेरका बालबालिकाको जनसंख्यामा १२ लाख १४ हजार ७२८ जना कम भएको राष्ट्रिय तथ्यांक कार्यालयले  सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

२०६८ को जनगणनामा १ करोड १० लाख ८४ हजार ३११ जना बालबालिका थिए। २०७८ को जनगणनामा ती बालबालिकाको जनसंख्या ९८ लाख ६९ हजार ५८३ मात्रै रहेको पाइएको हो।

प्राप्त विवरणमा २०७८ को जनगणनामा नेपालको औसत जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको पाइएको तर बालबालिकाको जनसंख्या भने १.१ प्रतिशतले घटेको हो।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार बालिकाहरू कम जन्मिरहेको तथ्यांकले देखाएको छ। हाल १७ वर्षसम्मका देशभर ९८ लाख ६९ हजार ५८३ जना बालबालिका रहेकामा बालककोभन्दा बालिकाको संख्या कम छ। हरेक १०० बालिकाको जन्म हुँदा ११२ जना बालक जन्मिएका छन्।

राष्ट्रिय तथ्यांक कार्यालयका उप–प्रमुख तथ्यांक अधिकारी हेमराज रेग्मीले पछिल्लो १० वर्षमा नेपालीको औसत आयु ४ वर्ष ९ महिनाले बढेको बताए।

२०७८ को जनगणनाको जनसांख्यिक सूचकअनुसार नेपालीको औसत आयु ७१ वर्ष ३ महिना पुगेको छ। २०६८ को जनगणनामा औसत आयु ६६ वर्ष ६ महिना थियो। महिलाको औसत आयुमा निक्कै सुधार आएको उनले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस