धादिङको गल्छी लगायतका सडकखण्ड बर्षातको कारण जलमग्न,अझै बर्षाको सम्भावना,सचेत रहन महाशाखाको अनुरोध

फोटो मनोज कार्किबाट।

धादिङको गल्छी लगायतका सडकखण्ड बर्षातको कारण जलमग्न,अझै बर्षाको सम्भावना,सचेत रहन महाशाखाको अनुरोध

गजुरी/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।धादिङको गल्छी लगायतका पृथ्वी राजमार्गमा सडक अरिवल बर्षाको कारण जलमग्न बन्न पुगेको भएको छ।

नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक बिभाग विश्व बैंकको आ.प्रा.,SMEC/PEC को सुपरिभेजन र शर्मा लामा ZICG JV को आयोजनामा नौबिसे मलेखु सडक खण्ड बिस्तार भैरहेको र बर्खा सगै बर्षातको कारण स्तरउन्नति काम तिब्र गतिमा लैजान नसकेको कारण जलमग्न हुन पुगेको छ।

आइतबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान केन्द्रले जानकारी दिएको छ।कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घन्टामा कोशी, मधेस, बागमती, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका केही विभागमा भारी वर्षा भएको छ।

पछिल्लो २४ घन्टामा काठमाडौंको बूढानीलकण्ठमा भारी वर्षा भएको छ। विभागका अनुसार बूढानीलकण्ठ केन्द्रमा ९६.८ मिलिमिटर वर्षा भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस