आज यी प्रदेशमा बर्षाको सम्भावना,सचेत रहन मौसम विद्को आग्रह


आज यी प्रदेशमा बर्षाको सम्भावना,सचेत रहन मौसम विद्को आग्रह

गजुरी/आज देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पनि मनसुनको न्यूनचापीय रेखा सरदरस्थानमै रहेको छ।

मौसमविद्का अनुसार अहिले कोशी, बागमती र गण्डकीमा साधारणदेखि आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। सोमबार दिउँसो सबै प्रदेशमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद्ले पुर्वानुमान गरेको छ।

कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।मौसम विद्का अनुसार दिउँसोको तुलनामा आज राति कम पानी पर्ने सम्भावना छ। कोशी, ‍बागमति, गण्डकी र लुम्बनीका थोेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको मौसमविद् महाशाखाले बताएका छ्न।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस