गजुरीका नशा रोगले हिड्डुल गर्न नसक्ने बिष्णु प्रसाद लामिछानेलाई ह्विलचियर वितरण-अध्यक्ष श्रेष्ठ


गजुरीका नशा रोगले हिड्डुल गर्न नसक्ने बिष्णु प्रसाद लामिछानेलाई ह्विलचियर वितरण-अध्यक्ष श्रेष्ठ

गजुरी गाउँपालिका सरकारले नसा रोग सम्बन्धि पाँच बर्ष देखि शारीरिक अपांगता भएका बिष्णु लामिछानेलाई ह्विलचियर वितरण गरेको हो।

सोमबार गजुरी-५ घर भएका नबराज लामिछानेका बुबा बिष्णु प्रसाद लामिछाने ५८ बर्ष उमेर देखि नशा रोगले ग्रसित भैई हिड्डुल गर्न नसक्ने भएका थिए।उहाँलाई ह्विलचियरको सहयताले केही हदसम्म राहत मिलेको र घर वरपरिको बाहिरी वातावरण महसुस गर्न पाउँदा टेवा पुगेकोमा खुशी भएका छ्न।

नशा सम्बन्धि हस्पिटल काठमाडौँ लगायत विभिन्न अस्पतालमा चेकजाँच गर्ने क्रममा नशा सम्बन्धि समस्याले अपांगता हुनुभएको गजुरी गाउँपालिका वडा नं.५ का वडा सदस्य रामशरण लामिछानेका बताउनुभयो।

अहिले उहाँ पाँच बर्ष देखि हिडडुल गर्न नसक्ने,शारीरिक अशक्त भैइ ६३ बर्ष उमेर हुनुभएको छ।यसै गरि स्टेचर पनि त्यहाँका स्थानिय बिरामी हुँदा सहज होस भनेर अध्यक्ष श्रेष्ठले वितरण गरेका छ्न।

गजुरी गाउँपालिका सरकार प्रमुख गणेशलाल श्रेष्ठले वृद्धदेखि अशक्त,अपाङ्गता भएका ब्यक्तिहरुको लागि देवता बनेर निस्कनु भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस