हरेक महिनामा एक दिन सार्वजनिक स्थल पुग्नुपर्ने कार्यक्रम -राष्ट्रपति पौडेल

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ भाद्र १४, शुक्रबार (४ महिना अघि)
  • १६६ पटक पढिएको

हरेक महिनामा एक दिन सार्वजनिक स्थल पुग्नुपर्ने कार्यक्रम -राष्ट्रपति पौडेल

धादिङ/राष्ट्रपति रामचन्द्र पौडेल हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम तय भएको छ ।सार्वजनिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम अनुसार राष्ट्रपति पौडेल हरेक महिनामा एकदिन सार्वजनिक स्थलमा जाने भएका छ्न।

सार्वजनिक स्थलमा उनले आम नागरिकसँग संवाद गर्ने तथा स्थानीयहरूको गुनासो सुन्नेछन् । जस अन्तरगत  पहिलो पटक आज भक्तपुर दरबार स्क्वायर जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेल आज  बिहान साढे ११ बजे भक्तपुर दरबार क्षेत्रमा जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।रासस
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस