पाँचथरमा बम बिस्फोट हुँदा दुईको निधन,१ घाइते

स्रोत:हेडलाई नेपालबाट साभार।
  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ भाद्र १४, शुक्रबार (४ महिना अघि)
  • १५७ पटक पढिएको

Post Thumbnail

पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङमा भएको बम विष्फोटमा दुई जनाको मृत्यु भएको छ ।

विस्फोटमा परी गम्भीर घाइते स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र अढाइ वर्षकी छोरी प्रिन्साको मृत्यु भएको हो ।उपचारका लागि लैजाने क्रममा प्रिन्साको राति १० बजे बाटोमै र दिप्सनको राती १ वजे बी एन्ड सी अस्पताल झापामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

अर्का बालक पवन राईको भने  पाँचथर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ । खेलिरहेको ठाउँमा भेटिएको बम बिस्फोट हुँदा ३ बालबालिका घाइते भएका थिए । स्थानीयका अनुसार अपरान्ह ठूलो आवाजमा विष्फोट भएको थियो । घाइते पवन राईले खेलिरहेको अवस्थामा डल्लो आकारमा भेटिएका सामग्री पड्किएको बताएका छन् ।

घटनास्थलमा अर्को एउटा शंकास्पद वस्तु पनि भेटिएकाले बम हो होइन यकिन गरी डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ गएको बताइएको छ । रासस।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस