अखिल क्रान्तिकारी जिल्ला समिति धादिङको २२ औँ जिल्ला सम्मेलन सम्पन्न,अध्यक्षमा श्रीकृष्ण रिजाल चयन

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ भाद्र १५, शनिबार (२ हप्ता अघि)
  • ७७ पटक पढिएको

अखिल क्रान्तिकारी जिल्ला समिति धादिङको २२ औँ जिल्ला सम्मेलन सम्पन्न,अध्यक्षमा श्रीकृष्ण रिजाल चयन

अखिल(क्रान्तिकारी) धादिङ जिल्लाको २२ औ जिल्ला सम्मेलन बिनोद आचार्यको सभापतित्वमा र संगठनको केन्द्रिय अध्यक्ष पन्चा सिहको प्रमुख आतिथ्यता सम्पन्न भएको छ।

शनिबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी जिल्ला समितिको आयोजनामा धादिङबेसी क्रिक रिसोर्टमा सम्पन्न भएको हो।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् धादिङ जिल्ला ईन्चार्ज पुष्प विक्रम मल्ल, बागमती प्रदेश सरकारका पुर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेल, केन्द्रीय सदस्य राम बहादुर भण्डारी, अप्सरा सिंखडा, बागमती प्रदेश कमिटीका सह सचिव दल बहादुर बुर्लाकोटी जिल्ला संयोजक मनराज भण्डारी, जिल्ला सचिव दिपक लामिछाने लगायत विद्यार्थी संगठनका प्रदेश तथा केन्द्रीय स्तरका विद्यार्थी नेताहरुको आतिथ्यता रहेको थियो । सम्मेलनबाट श्रीकृष्ण रिजाललाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरिएको छ।

नवगठित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा विवेक पोखरेल, उपाध्यक्षहरुमा सञ्जित सुवेदी, गणेश पाण्डे, अनिल उप्रेती, प्रयास घले, सचिवमा कविप्रसाद दुलाल, सह–सचिवहरुमा दिपेश कार्की, सपना दाहाल, अनिता विक, र कोषाध्यक्षमा भावना लगायतको ५५ सदस्यीय जिल्ला कमिटी रहने गरी निर्वाचित भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस