केदारेश्वर योग साधना केन्द्रको पहिलो अधिवेशनबाट प्रभारीमा बिनोद भण्डारी निर्वाचित


केदारेश्वर योग साधना केन्द्रको पहिलो अधिवेशनबाट प्रभारीमा बिनोद भण्डारी निर्वाचित

गजुरी गाउँपालिका वडा नं.६ आदमघाट बजारमा रहेको केदारेश्वर योग साधना केन्द्रको वार्षिक उत्सवको पहिलो साधारण सभा एवं अधिवेशनबाट निर्वाचित प्रभारीमा बिनोद भण्डारी चयन भएका छन्।

साधना केन्द्रका संयोजक तथा पंतञ्जली धादिङका प्रभारी गोविन्द कुमार श्रेष्ठको सभापतित्वमा गरिएको कार्यक्रममा गजुरी गाउँपालिका सरकार प्रमुख एवं गा.पा. अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्यता र गजुरी ६ का वडा प्रमुख भक्त बहादुर तामाङ र पंतञ्जली योग साधना केन्द्रका केन्द्रिय महिला सह प्रभावी अर्चना घिमिरे विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

केदारेश्वर योग साधना केन्द्रको स्थापना २०८० सालमा भएको हो।नव निर्वाचित कार्यसमितिमा प्रभारी बिनोद भण्डारी,सह प्रभारी जयन्ती रेग्मी,मन्त्री हरिराम खतिवडा,कोषाध्यक्ष चाँदनी श्रेष्ठ,योग प्रशिक्षक संयोजक दिप नारायण खतिवडा,लगायतको उपस्थितमा सम्पन्न भएको हो।

प्रमुख सल्लाहकार भक्त बहादुर तामाङ (वडा अध्यक्ष, वडा नं. ६, गजुरी),भिम बहादुर आले मगर,मिरा देबि भण्डारी,भिम बहादुर आले मगर लगायतको पदाधिकारीहरु रहेको थियो।

कार्यसमिति, नगर वा पालिका प्रतिनिधि, जिल्ला प्रतिनिधि हुन कम्तिमा आ-आफ्‌ना साधना केन्द्र सञ्चालन भएको स्थानमा ५१% उपस्थित हुन आवश्यक पर्नेछ भने यस योग साधना केन्द्र
को संरक्षक र सल्लाहकारहरुलाई यो नियम लागु हुनेछैन ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस