नागढुङ्गाको झ्याप्लेखोलामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालियो

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ आश्विन १२, शनिबार (३ हप्ता अघि)
  • १४३ पटक पढिएको

नागढुङ्गाको झ्याप्लेखोलामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालियो

काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ ।

शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो ।

त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो ।पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

ताजा अपडेट

खोजी गर्नुहोस