पृथ्वी राजमार्ग अन्तर्गत गजुरी-मलेखु सडक एकतर्फी खुल्यो


पृथ्वी राजमार्ग अन्तर्गत गजुरी-मलेखु सडक एकतर्फी खुल्यो

गजुरी/सुख्खा पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग करिब ३ घण्टापछि सडक एकतर्फी खुलेको छ।

पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका–२ मा पर्ने परेवा भिरमा खसेको पहिरोका कारण सोमबार साँझ सात बजे सुख्खा पहिरो खस्दा दुई तर्फी सडक अवरुद्ध भएको हो।

पहिरोको कारण राजधानीबाट बाहिरिएका र राजधानी प्रवेशका लागि आएका सयौँ सवारीका साधनहरूमा यात्रा गर्ने हजारौँ यात्रुहरुलाई गजुरीमा र चितवन तर्फबाट आएका सवारीलाई मुग्लिन सडकमा नै रोकिएको थियो।

इलाका प्रहरी कार्यालय गजुरी सहितको टोलीले गजुरी गाउँपालिकाकाको जेसिबि र सडकको जेसिबीको प्रयोग गरि सडक एकतर्फी खुलाउन ३ घण्टामा सफल भएको गजुरी वडा नं.१ का वडा अध्यक्ष तारानाथ भण्डारीले जानकारी दिए।

इलाका प्रहरी गजुरीका प्रमुख डिल्लीनारायण पाण्डेले सडक निकै जोखिम भएकोले रातको समयमा यात्रा गर्दा निकै सजग हुन सवारी चालकहरूलाई अनुरोध गरेको बताए।  सडक आज दिनभरिमा दुबैतर्फ सञ्चालनमा ल्याइसक्ने पनि प्रमुख पाण्डेले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस