जुम्ला पुगे प्रचण्ड, जनसभालाई सम्बोधन गर्दै

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ कार्तिक ५, सोमबार (१ दिन अघि)
  • ७ पटक पढिएको

जुम्ला पुगे प्रचण्ड, जनसभालाई सम्बोधन गर्दै

जुम्ला : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज जुम्लामा हुने जनसभालाई सम्बोधन गर्दै छन्।

उनले सिंजा कनकासुन्दरीको गोरुचौरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

अध्यक्ष प्रचण्डले खस भाषा र सभ्यताको केन्द्र सिंजा कनकासुन्दरीको अवलोकन तथा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। त्यसअघि अध्यक्ष प्रचण्डले मुगु रारा क्षेत्रको पनि अवलोकन गरेका छन्।

मुगुको रारा र जुम्लाको सिंजा कनकासुन्दरी अवलोकन गरी यहाँ आयोजित जनसभालाई सम्बोधन गरेर आजै काठमाडौं फर्कने कार्यक्रम छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस