मुलुक बनाउन र विकास गर्न आम नेपाली एकजुट हुनुपर्ने: शमशेर जबरा

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ कार्तिक १४, बुधबार (५ महिना अघि)
  • २२४ पटक पढिएको

मुलुक बनाउन र विकास गर्न आम नेपाली एकजुट हुनुपर्ने: शमशेर जबरा

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता पशुपति शमशेर जबराले मुलुक बनाउन र विकास गर्न आम नेपाली एकजुट हुनुपर्ने बताएका छन्।

राष्ट्र रक्षार्थ, एकता, अभियान काठमाडौँले आज यहाँ आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ नेता जबराले राष्ट्रलाई जोगाउन सबै एकजुट हुनुपर्ने बताएका छ्न।

उनले भने, “बुद्धको देश, विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देश, सीतामाताको देश र मुक्तिनाथ भएको देश हो, हामीले हाम्रो मुलुक जोगाउन एकजुट हुनुपर्छ।”

नेतृत्व तहमा इमान्दारिताको खडेरी भएको बताउँदै नेता जबराले भने, “हामीसँग विकास गर्न सबै चिज छ, नभएको केही छैन तर नेतृत्व गर्ने तहमा इमान्दारिताको खडेरी छ। सबैले इमान्दारिता देखाउन जरुरी छ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस