हेटौंडा : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका–७ रमनटार समीडाँडामा बुधबार बिहान भएको बस दुर्घटनामा ३५ जना यात्रु घाइते भएका छन्।
घाइते मध्ये २८ जना घाइतेलाई उपचारका लागि चितवन भरतपुर पठाइएकोछ।
४ जनाको हेटौंडा अस्पताल र ३ जनाको मनहरीस्थित अस्पतालमा उपचार भइरहेको छ। काठमाडौंबाट महोत्तरीका लागि छुटेको प्रदेश–२–०३–००१ ख ३६३९ नम्बरको बस बुधबार बिहान ४ बजे सडकदेखि १० मिटर तल खसेको थियो।
तीव्र गतिमा आएको बस मोड काट्ने क्रममा सडकबाट तल खसेको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था गम्भीर नभएको प्रहरीको भनाइ छ।