लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सचेतना कार्यक्रम गल्छि गाउँपालिकाको आयोजनामा वडा नं ८ मा सम्पन्न भएको हो।
लैङ्गिक हिंसाअपराध एउटै कुरा नभएको र विभेद केही सामाजिक मान्यताका कारणले भएको उल्लेख छ। “जसलाई शिक्षा, चेतना, कानुुनको प्रभावकारी कार्यान्वयनबाट हटाउन सकिन्छ, अपराध कानुनविरुद्धको कुरा हो, अपराध मानवताविरुद्धको कुरा हो”,
गल्छि गाउँपालिका उपाध्यक्ष भाईकाजी तिवारीले यसका निम्ति हाम्रो संविधानको धारा १८ मा धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन भन्ने कुराको स्पष्ट व्यवस्था छ।”
वातावरणमा सिर्जना हुनुपर्ने र परिवर्तन सुरुमा घरबाट गर्नुपर्छ हामी सबै जना लैङ्गिक हिंसा विरुद्धमा सबैलाई सचेत गराई सभ्य समाज निर्माण मा हातेमालो गर्ने कुरामा लाग्नुपर्ने बताए।
गल्छि गाउँपालिकाले अपांगता भएका व्यक्तिलाई प्रदान गर्ने सेवा सदैव दिइनेछ र अपांगता भएका व्यक्ति हरुलाई उचित न्याय प्रदान गर्ने स्वास्थ्य बिमा गराउने कुराबाट बन्चित हुनु नपर्ने कुरामा जोड दिनुभएको थियो।
कार्यक्रममा गल्छि-८ का कार्यवाहक वडा अध्यक्ष सुनिल तामाङ को अध्यक्षता, गल्छि गाउँपालिका उपाध्यक्ष भाईकाजी तिवारीको प्रमुख अतिथि,गल्छि गाउँपालिका राेजगार संयाेजक ,उज्यालो युवा समाजका अध्यक्ष हरिप्रसाद अधिकारी प्रशिक्षक,अधिवक्ता अप्सरा काेईराला अतिथि लगायत विभिन्न बुद्धिजीवी तथा अभिभावक विद्यार्थीहरुकाे उपस्थितिमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको गल्छी ८ का बाल क्लब सचिव सक्षम नेपालले बताए। साथै ३३ औ विश्व अपांगता दिवस कार्यक्रम पनि गल्छि ८ गाेगनपानी माध्यमिक बिधालयमा सप्पन्न भएको थियो।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |