गजुरी गाउँपालिका वडा नं.१ मा नागढुङ्गा-मुग्लिन सडक योजना को आयोजनामा महिलाहरुका लागि व्यावसायिक सीप विकास तालिम विल्डिङ्ग इलेक्ट्रिसियन (तह १) कार्यक्रम सुरु भैरहेको छ।
कार्यक्रम नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विकास कार्यान्वयन महाशाखा सडक विभाग नागढुङ्गा-मुग्लिन सडक योजनाको आयोजनामा महिलाहरुका लागि व्यावसायिक सीप विकास तालिम विल्डिङ्ग इलेक्ट्रिसियन (तह १),(RIMC)(p) Ltd.Rural infrastructure and Management Consultant को प्राविधिक सहयोगमा गजुरी बजारको मुहान टोलमा ५६ दिने तालिम दिइरहेको कार्यक्रमका सँयोजक पुर्ण प्रसाद जोशीले बताए।
विल्डिङ्ग इलेक्ट्रिसियन तालिम सिक्न पाउँदा कबिता भण्डारी,सगुन कार्की भण्डारी लगायतले अब आउने दिनहरुमा यस्तै यस्तै व्यावसायिक सीप तालिम लेराउन अनुरोध गर्दै अब आउने दिनमा सीप सिकेर दक्ष बन्न पाउने भयौ भन्दै खुशी भएका छ्न।
यस तालिममा गजुरी बजारका २८ जना महिला सहभागी रहेका छ्न।भने विल्डिङ्ग इलेक्ट्रिसियन (तह १)३९० घण्टा सीप तालिम आर.आइ.एम.सि.ट्रेस.नेपाल जेभी संस्था मार्फत सिकाइ भैरहेको छ।सिकेर वाइरिङ गर्न सक्ने र बिजुलीका चिम,तार,सुइज राख्न हार गुहार गर्न नपरोस् भन्ने उदेश्यले तालिम सिक्न थालिएको बन्दना डल्लाकोटी अधिकारी ले बताए।
देश भित्र छरिएर रहेका युवायुवतीहरुलाई सीपमूलक तालिममा पहुँच अभिवृद्धि गर्ने तथा सीपयुक्त जनशक्ति उत्पादन गरी रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यले विभिन्न स्थानहरुमा विल्डिङ्ग इलेक्ट्रिसियन (तह १)तालिम गर्दै आइरहेको परीक्षक दान सिंह थारुले हाम्रो दैनिकलाई बताउनुभयो।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |