गजुरी गाउँपालिका वडा नं.१ केउरिनीमा बर्षौनी प्याजको बिरुवा बेचेर मंसिर देखि माघ सम्ममा महिनाको दस लाख भन्दा बढी आम्दानी लिने गर्दछ्न।
बिक्रीका लागि तयारी अवस्थामा रहेका प्याजका बिरुवा विशेष गरी बजार क्षेत्रमा कौशी खेतीका लागि प्याजको बिरुवा खपत हुने गरेको कृषक मदन नेपाल बताउछन् ।
यस गाउँमा काउली,बन्दा,सिमि,गोलभेडा,लौका,घिरौला करेला तरकारी समेत उत्पादन हुने र गाउँबाट नै तरकारी ढुवानी हुँदा कृषकहरु खुशी भएका छ्न।उत्पादित बिरुवा धादिङ,नुवाकोट चितवन र काठमाडौँ जिल्लाहरुमा समेत पुर्याउने गरेका छ्न्।
यसवर्ष केउरिनी गाउँबाट अनुमानित दश लाख भन्दा बढी आम्दानी हुने अनुमान गरिएको कृषि सगै शिक्षक पेशामा आवद्ध रहेका रमेश हमालले जानकारी दिए।प्याजको बिरुवा चाहिएमा समेत गजुरीको केउरिनीमा सम्पर्क गर्न सकिने बताएका छ्न।
मदन नेपाल-बिरुवा उखेल्ने र बिक्री गर्ने काममा श्रीमान श्रीमती दिनभर खटेर काम गर्छौं ।ग्राहकहरु अहिले खेतमा धान निकाले सगै व्यावसायिक रुपमा खेती गर्ने किसान बिरुवा खरिद गाउँमै समेत पुग्ने गरेका छ्न।
उनीहरूलाई प्याज उखेलेर प्याज बेच्न भ्याइनभ्याइ हुने समेत गरेको छ।गजुरी वडा नं.१ प्याज खेतिमा अब्बल किसान बनेर निस्केका छ्न।ऋषि भण्डारी-मैले प्याजको बीउ उखेलेर नपुर्याएको ठाउँ छैन भन्छ्न।आम्दानी दिनमा आठ दश हजार कमाइ हुने समेत गरेको बताउँछ्न।
‘यात्रुले प्याजको बिरुवा देखेपछि गाडी रोकेर लैजाने गर्नुहुन्छ”प्याजको बिरुवा बेच्ने समय भनेको मंसिर,पुस र माघ महिना रहेको समेत रामहरि भण्डारी बताउँछ्न।प्याजको बिरुवा बेच्न मैयाँ नेपाल,रामहरि भण्डारी,मदन नेपाल,ऋषि भण्डारी,सिताराम भण्डारी लगायतले विभिन्न जिल्लाहरुमा समेत पुर्याउँछ्न।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |