नेपाल पत्रकार महासंघ धादिङको अध्यक्षमा सिताराम अधिकारी विजयी

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ मंसिर ३०, आईतबार (६ दिन अघि)
  • ४२ पटक पढिएको

नेपाल पत्रकार महासंघ धादिङको अध्यक्षमा सिताराम अधिकारी विजयी

नेपाल पत्रकार महासंघ धादिङ शाखाको सभापतीमा सिताराम अधिकारी निर्वाचित भएका छ्न् ।

प्रेस सेन्टरको उम्मेद्वार राजन अधिकारीलाई ११ मतले पछि पार्दै अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको हो । कुल खसेको ७३ मतमा सिताराम अधिकारीले ४२ र राजन अधिकारीले ३१ मत पाउनु भएको थियो ।

सभापतीमा निर्वाचित सिताराम अधिकारी प्रेस चौतारी, प्रेस युनियन,समाजवादी प्रेस संगठनको गठबन्धनका तर्फबाट उम्मेद्वार बन्नु भएको थियो ।

त्यसैगरी शुक्रबार सम्पन्न निर्वाचनबाट महिला उपाध्यक्षमा सरिता श्रेष्ठ निर्वाचित हुनुभएको छ । प्रेस सेन्टरका उम्मेद्वार रविना बिकलाई १२ मतले पछि पार्दै श्रेष्ठ महिला उपाध्यक्षमा श्रेष्ठ निर्वाचित हुनुभएको हो । श्रेष्ठले ४१ र बि.क.ले २९ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी कोषाध्यक्षमा प्रेस सेन्टरका उम्मेद्वार बद्री अधिकारी निर्वाचित हुनुभएको छ । प्रेस चौतारी,प्रेस युनियन,र समाजवादी प्रेस संगठनका उम्मेद्वार शिवराज आचार्यलाई पछि पार्दै अधिकारी निर्वाचित भएका हुन् । अधिकारीले ३८ मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी शिवराज आचार्यले ३५ मत प्राप्त गर्नुभएको थियो ।

आदिबासी जनजाती सदस्यमा रेखबहादुर गुरुङ, सदस्यहरुमा मनिष श्रेष्ठ, बिनोद तमु, पुरुषोत्तम ढुङ्गाना,उपेन्द्र अधिकारी,सन्दिप प्रसाद घिमिरे निर्वाचित हुनुभएको छ । त्यसैगरी प्रदेश सदस्यमा चित्रबहादुर आचार्य,राज कुमार ढुङ्गाना निर्वाचित हुनुभएको छ । त्यसैगरी केन्द्रिय परिषद सदस्य महिला तर्फ गोमा थापा निर्वाचित हुनु भएको छ ।

नेपाल पत्रकार महासंघ धादिङ शाखामा खुल्ला उपाध्यक्षमा मनिष दुवाडी, सचिवमा सन्तोष श्रेष्ठ, सह–सचिवमा अस्मिता पोखरेल र महिला सदस्यमा शुशिला बिश्वकर्मा र केन्द्रिय परिषद सदस्य खुल्ला तर्फ केशव अधिकारी सर्वसहमत निर्वाचित भैसक्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस