धादिङको नीलकण्ठ नगरपालिकाले नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ ।
गत मंसिर २८ गते सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नगरपालिकाले मंगलबार एक कार्यक्रमका बिच सम्मान गरेको हो ।
नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै पत्रकारको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने, हरेक गतिविधि नागरिकका सामु पुर्याउने,भएका कमी कमजोरीलाई सुधार्न पत्रकारले महत्वपुर्ण भूमिका खेलेको र आगामी दिनमा पनि सहकार्य गर्दै जाने बताउनुभयो ।
त्यस्तै, नवनिर्वाचित टोलीलाई बधाई तथा शुभकामना दिदै नीलकण्ठ नगरपालिकाका नगर उपप्रमुख दिपक विश्वकर्माले नीलकण्ठ नगरपालिकालाई समृद्ध नगर बनाउन धादिङका मिडिया हाउस तथा पत्रकारहरुको ठूलो भूमिका रहेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघको साझा चरित्र कायम राख्दै व्यवसायिक र मर्यादित पत्रकारिता, पत्रकार सुरक्षा र स्वरोजगार मिडियाको प्रवर्धन, श्रमजीवी पत्रकारको पेशागत सुरक्षा, व्यवसायिक दक्षताका क्षेत्रमा काम गर्ने नवनिर्वाचित अध्यक्ष सिताराम अधिकारीले बताउनुभयो ।