काठमाडौँ।नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अखिल क्रान्तिकारी)को धादिङ काठमाण्डौँ सम्पर्क समन्वयको प्रथम भेला सम्पन्न भएको छ ।
त्रिचन्द्र बहुमुखी क्याम्पसको सभाहलमा एक भव्य कार्यक्रमको आयोजनामा बागमती प्रदेश सरकारका निवर्तमान मूख्यमन्त्री शालिकराम जम्कटेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
बागमती प्रदेश कमिटीका सचिवलय सदस्य एवम् नीलकण्ठ नगरपालिका धादिङका उपप्रमुख दिपक विश्वकर्मा, बागमती प्रदेश सदस्य पित्त बहादुर डल्लकोटी(हरि)लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।
उक्त प्रथम भेलाबाट विश्व जम्कटेलको अध्यक्षतामा ३५ सदस्यीय समिती गठन गरिएको छ । जसको उपाध्यक्षमा विनायक अधिकारी, उमंग थपलिया, सपना अधिकारी र समुन्द्र सिंखडा सचिवमा सन्देश न्यौपाने, सहसचिवमा अवगत थपलिया, विविका सिलवाल, नमा केसी, बमराज गुरुङ कोषध्यक्षमा तारा विश्वकर्मा लगायत ३५ सदस्य समिती रहने गरि निर्वाचित गरिएको हो।
बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कटेलले निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिदै देश निर्माणमा विद्यार्थी युवाहरुको महत्वपुर्ण भूमिका रहने भएकाले अखिल क्रान्तिकारी विद्यार्थीले संगठन विस्तार गर्ने, सरकारको जनविरोधी कदमको विरुद्धमा खबरदारी गर्ने, शैक्षिक परिवर्तनका महत्वपुर्ण आन्दोलनमा सक्रिय भूमिका निभाउने र माओवादी पार्टीलाई एक नम्बरको पार्टी बनाउन निरन्तर विद्यार्थी संगठनद्धारा जनतालाई एकताबद्ध बनाउन आग्रह गरे।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |