गजुरीको डोलभन्ञ्याङ माध्यमिक विद्यालयलाई लायन्स क्लबले गरे २ लाख सहयोग

(सबल नेपालबाट।)
  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ पौष ८, सोमबार (३ दिन अघि)
  • १५३ पटक पढिएको

गजुरीको डोलभन्ञ्याङ माध्यमिक विद्यालयलाई लायन्स क्लबले गरे २ लाख सहयोग

धादिङ। गजुरी गाउँपालिका वडा नं.५ स्थित श्री डोलभन्ज्याङ माध्यमिक विद्यालयलाई लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीनले रू. २ लाख आर्थिक सहयोग गरेको छ।

यस मा.वि.मा करिब ५०० विद्यार्थी अध्ययनरत यस विद्यालयको भौतिक संरचना र शैक्षिक गुणस्तर सुधारका लागि प्रदान गरिएको यो सहयोगले विद्यालयलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।

विद्यालयमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई का फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर पार्वती खरेलले विद्यालयलाई प्रदान गरिएको सहयोगले शैक्षिक सुधारमा ठूलो भूमिका खेल्ने बताइन्। उनले भनिन्, “शिक्षा विकासका लागि विकट क्षेत्रका विद्यालयहरूलाई प्राथमिकतामा राखेर काम गर्नु लायन्स क्लबको प्रमुख उद्देश्य हो। यहाँका विद्यार्थीहरूले उज्ज्वल भविष्य निर्माण गर्न सजिलो होस् भन्ने हाम्रो प्रयास हो।”

लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीनकी अध्यक्ष कल्पना बस्नेतले विद्यालयप्रति आफ्नो क्लबको प्रतिबद्धता प्रस्ट्याउँदै भनिन्, “विकट क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सहयोग गर्नु हाम्रो प्राथमिकता हो। यस विद्यालयलाई प्रदान गरिएको यो सहयोगले शैक्षिक वातावरणलाई सुधार्नेछ। हामी आगामी दिनमा पनि यस्तो अभियानलाई निरन्तरता दिनेछौं।”

विद्यालयका प्रधानाध्यापक अशोक कुमार घिमिरेले विद्यालयको समग्र विकासका लागि लायन्स क्लबले गरेको योगदानलाई धन्यवाद दिए। उनले भने, “यो सहयोगले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा नयाँ उत्साह थप्नेछ। विद्यालयको भौतिक सुधारका लागि यो सहयोग अति नै आवश्यक थियो।”। कार्यक्रमका विशेष अतिथि जोन २६ का जोन अध्यक्ष इन्जिनियर गणेश बहादुर सुनाम र लायन्स क्लब अफ काठमाडौं बिष्णुमतीका अध्यक्ष डा. रोमन बोगटीको अतिथिको रूपमा उपस्थिति थियो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमोद रुपाखेतीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ सिद्धार्थ एभरग्रीनका सचिव सुष्मा आचार्य र कोषाध्यक्ष निरुपमा महर्जनको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रम सञ्चालन गर्दै नर बहादुर गुरुङले सहयोग अभियानले विकट क्षेत्रका विद्यालयहरूको शैक्षिक यात्रा सहज बनाउने विश्वास व्यक्त गरे। सहभागीहरूले यो सहयोग विद्यालयका विद्यार्थीहरूको भविष्य सुधारका लागि दीर्घकालीन प्रभावकारी हुने धारणा राखेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस