पोखरा अन्तरराष्ट्रिय विमानस्थल बिआरआई परियोजना होइन:भट्टराई

फोटो फाइलबाट।
  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ पौष १२, शुक्रबार (१९ घण्टा अघि)
  • ३९ पटक पढिएको

पोखरा अन्तरराष्ट्रिय विमानस्थल बिआरआई परियोजना होइन:भट्टराई

काठमाडौँ : पूर्वसंस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले पोखरा अन्तरराष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गत नभएको दावी गरेका छन्।

शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभिएशन मिट २०२४ मा नागरिक उड्ययन र अर्थतन्त्रबारे भएको अन्तरक्रियामा पूर्वमन्त्री भट्टराईले यस्तो बताएका हुन्।

उनले पोखरा अन्तरराष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गतको परियोजना भनेर व्याख्या गर्नु गलत भएको बताए। उनले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बिआरआई परियोजनासम्बन्धी भएका १० परियोजनाको सम्झौतामा पोखरा अन्तरराष्ट्रिय विमानस्थल नरहेको स्पष्ट देखिएको बताए।

उनले सम्झौता हुँदा उल्लेख भएका १० रेल्व, सडक, शिक्षा र ट्रान्समिसन लाइन लगायका परियोजनाहरु रहेको भन्दै पोखरा विमानस्थल नभएको बताए।

उनले सरकारको बिआरआईका १० वटै आयोजनाहरु अनुदानमा हुनुपर्छ भन्ने नेपालको चाहना रहेको बताए। उनले एमसीसी र बिआरआईको पक्षधर भएको भन्दै एमसीसीको कुरा गर्दा चीनलाई बीचमा नेपालले नल्याउने बताए। उनले बिआरआईको विषयमा कुरा गर्दा भारतसँग छलफल गर्नु नपर्ने उल्लेख गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस