गजुरी।गजुरी गाउँपालिका वडा नं.२ को अमिलटारमा आयोजना गरिएको एक दिने निशुल्क बृहत स्वास्थ्य शिविर सप्पन्न भएको छ भने एक सय ९३ जनाले सेवा लिएका छन् ।
शिविरमा सामान्य स्वास्थ्य परिक्षण, स्त्री रोग सेवा, भिडियो एक्सरे, हाडजोर्नी, बालरोग, डेन्टल लगायतका सेवाहरु प्रवाह गरिएको हो।
गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले विकास निर्माण जस्तै पालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता क्षेत्रमा पनि विशेष योजना बनाएर अघि बढेको बताउदै रोग पत्ता लागेमा सम्बन्धि ब्यक्तिको रिपोर्ट पालिकामा बुझाउनुस विरामीलाई अस्पतालसम्म आउन जानको लागि गाउँपालिकाले व्यवस्था मिलाउने समेत बताए।
गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला विशुरालले ठुला अस्पताल धाउन नसक्नेहरुलाई यो शिविरमा विशेषज्ञ सहितको सेवाले ठूलो राहत पुगेको बताएका छन् ।
ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको गजुरी गाउँपालिका-२ का वडा अध्यक्ष द्रोण कंडेलले बताउनुभयो।
शिविरमा सामान्य स्वास्थ्य परिक्षण, स्त्री रोग सेवा, भिडियो एक्सरे, हाडजोर्नी, बालरोग, डेन्टल लगायतका सेवाहरु प्रवाह गरिएको गजुरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठले बताए।
सबैका लागि स्वास्थ्य भन्ने मुल मर्मका साथ शिविरको आयोजना गरिएको हो । ग्रामिण क्षेत्रका नागरिकले अझै पनि नियमित स्वास्थ्य परिक्षण गर्दैनन् । ठुलै समस्या भए मात्र स्वास्थ्य संस्था जाने गर्दछन् । तर यो शिविरले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी पाएका छन् । नियमित स्वास्थ्य परिक्षण गर्ने बानीको विकास हुने अपेक्षा गरेका छौं´ उनले भने ।
जटिल समस्या भएका केहि केसहरुलाई मनमोहन मेमोरियल मेडिकल कलेज अस्पतालमा निशुल्क उपचार गरिने व्यवस्था गरिएको छ ।
गजुरी गाउँपालिका वडा नम्बर २ को आयोजनामा डुडेठाँटी आधारभुत स्वास्थ सेवा केन्द्रमा शिविर संचालन गरिएको हो । मनमोहन मेमोरियल मेडिकल कलेज अस्पताल र किर्तिगंगा मेडिकल सेन्टर काठमाडौंको प्राविधिक सहयोग रहेको थियो ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय धादिङ अस्पताल, बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेशन नेपाल, लायन्स क्लव अफ धादिङ भैरवी, लायन्स क्लव अफ धादिङ भैरवी शितल छहारी, प्रयास नेपाल धादिङको समन्वय तथा सहकार्य रहेको थियो ।
कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्यता,विशिष्ट अतिथी गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिशुराल गजुरी १ का वडा अध्यक्ष तारानाथ भण्डारी,गजुरी-२ का वडा अध्यक्ष द्रोण कडेल, समाजसेवी,बुद्धिजीवी,सहयोगी दाताहरु पत्रकार,डाक्टरहरु लगायत उपचाररत ब्यक्तिहरुको उपस्थितमा कार्यक्रम सप्पन्न गरिएको हो।